एक जामानामा चर्चित भिलेन रंजीतले भने– महिलाको छोटो कपडाका कारण मेरो करियर सकियो, अचेल रेपको सिननै हुन छोड्यो — OSNepal

एक जामानामा चर्चित भिलेन रंजीतले भने– महिलाको छोटो कपडाका कारण मेरो करियर सकियो, अचेल रेपको सिननै हुन छोड्यो

LC (KTM) September 26, 2021 0

एक जमानाका एकदमै चर्चित कलाकार रंजीत अब फिल्मबाट टाढा रहेका छन् । उनी यतिबेला आफ्नो परिवार संग समय बिताई रहेका छन् । हिन्दी फिल्ममा उनलाई नेगेटिभ भुमिकाका लागि एकदमै महशुर मानिन्छ । खासमा उनलाई एक रेपिष्टको रुपमा ज्यादा पपुलर मानिन्छ ।

हालै एक अन्र्तबार्तामा रंजीतले आफ्नो फिल्मी करियरका बारेमा कुरा गरेका छन् । उनले बताएकी ७० को दशकमा उनको रेपिष्ट इमेज कसरी बन्यो तथा कसरी महिलाको फेशनले उनको करियर खत्तम गर्ने कारण बन्यो ।

स्क्रीप्ट नपढी साईन गर्थे रंजीत

रंजीतले भनेका छन्– त्यो दिनहरुमा कोही ब्यक्ति पनि फिल्म साइन गर्नु भन्दा पहिला फिल्मको स्क्रीप्ट पढ्दैन थिए । ताकि हिरोको पनि सिर्फ एक लाईन मात्र सुनाईने गरिएको थियो । म जस्तो कलाकार लाई लाग्थ्यो कि यदि कोहि फिल्म निर्माता आफु संग आउँछ भने जरुर लायकको रोल लिएरै अप्रोच गरिन्छ ।

मैले कसैको स्क्रीप्टमा दबाब दिइन र दबाब दिन महसुस पनि गरिन् । मलाई भिलेनको रोल गर्न कुनै झन्झट थिएन । यसका कारण सुरु देखी नै केही सामाजिक नोक्सानी भने भईरहेको थियो । मेरो परिवार लाई पनि थाहा भयो कि यो एउटा भुमीका मात्र हो । मैले आफ्नो करियरको प्लान कहिले गरिन् ।

भिलेनको पहिचान बनाएका रंजीत लाई रेप सिनको लागि सबैले बोलाउने गरेकाले उनको करियरमा निक्कै असर पुग्न थालेको थियो । उनले भने– म सधै मजाक गर्दै भन्ने गर्छु कि फैशनको बदलावले मेरो करियर खत्तम गरिदियो । महिलाहरु छोटा छोटा कपडा लगाउन थाले त्यसकारण कपडा उतार्नै नपर्ने भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर