कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि — OSNepal

कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि

LC (KTM) September 26, 2021 0

काठमाडौँ १० असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

खड्काको आज आइतबार गरिएको एन्टिजेन र पीसीआर परीक्षणमा कोरोना पोजेटिभ पुष्टि भएको हो । महामन्त्री खड्काले सामाजिक सञ्जाल ट्वीटरमार्फत
यस्तो जानकारी गराएका हुन् ।

उनले ट्वीटरमा ८ गते ४ बजे देखि ज्वरो खोकि सुरु भएको , आज १० गते एन्टिजिन र एऋच् परिक्षण गराउँदा दुबैमा पोजेटिभ भएको भन्दै उनले धेरै सतर्कताका बाबजुद अन्ततः कोभिडले घेरि छाडेको बताएका छन् ।

उनले ८ गते ४ बजे सम्म आफ्नो सम्पर्कमा रहनु भएका सबैमा सतर्कताको लागि अनुरोध समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर