मोरङ १० असोज । लागुऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पकाउ पर्नेमा बिराटनगर महानगरपालिका १४ जतुवा बस्ने २५ बर्षीया आरती देवी यादव रहेका छन् ।
यादवले घरमा लुकाई राखेको अवस्थामा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले १७ केजी अवैध लागूऔषध गाँजा बरामत गरेको हो ।
विशेष सुचनाको आधारमा यादवको घरमा प्रहरीले खनतलासी गर्दा उक्त लागुऔधष बरामत गरेको हो ।
यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको प्रहरीले जनाएको छ ।