६२ वर्षीय अधिकारीले गरे २१ वर्षिय युवकको छुरा प्रहार गरी हत्या — OSNepal

६२ वर्षीय अधिकारीले गरे २१ वर्षिय युवकको छुरा प्रहार गरी हत्या

LC (KTM) September 26, 2021 0

सुनसरी १० असोज । २१ वर्षिय युवकको हत्या गरेको अभियोगमा प्रहरीले ६२ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका–३ सुनौलो टोल बस्ने ६२ वर्षीय देवी प्रसाद अधिकारी रहेका छन् । अधिकारीमाथि छिमेकी २१ वर्षीय राजु थापालाई छुरा प्रहार गरी हत्या गरेको अभियोग लागेको छ ।

सामान्य घरायसी विवाद हुँदा छुरा प्रहारबाट गम्भिर घाइते भएका थापाको उपचारको लागि धरान लैजाने क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

घटनामा अधिकारी समेत घाइते भएकाले उनको प्रहरीको निगरानमिा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यस विषयमा थप अनुशन्धान भइरहेको प्रहरलिे जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर