काठमाडौँ १० असोज । वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँको आँबुखैरेनी गाउँपालिकामा सभापतिमा विष्णु पन्त विजयी भएका छन् ।
पन्तले पूर्वगाविस उपाध्यक्ष प्रितम गुरुङलाई पराजित गर्दै सभापतिमा विजयी भएका हुन् । त्यसैगरी उपसभापतिमा विजय गुरुङ र कर्ण गुरुङ विजयी भएका छन् ।
त्यस्तै, सचिवमा दीनेश केसी र चेतबहादुर गुरुङ तथा उपसचिवमा दीपक श्रेष्ठ र कुमार गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।