बिराटनगर लाई हराउँदै ईपीएलमा चितवनको सुखद सुरुवात — OSNepal

बिराटनगर लाई हराउँदै ईपीएलमा चितवनको सुखद सुरुवात

LC (KTM) September 26, 2021 0

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल टी ट्वान्टी क्रिकेटको दोस्रो खेलमा चितवन टाइगर्स विजयी भएको छ । आज भएको खेलमा विराटनगर वारियर्सलाई २ विकेटले हराउँदै चितवनले प्रतियोगितामा सुखद सुरुवात गरेको छ । चितवन समक्ष विराटनगरले १ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

सोही लक्ष्य चितवनले २० ओभरमा ८ विकेट गुमाएर पूरा गरेको थियो । चितवनको जितमा राजेश पुलामीले अविजित रहदै सर्वाधिक ४३ , भिम सार्कीले ३० , दिलिप नाथले २३ , करिम जनत १९ र इशान पाण्डे १० रन बनाउन सफल भए । अरुले दोहोरो अंक छुन सकेनन् ।

विराटनगरका सिकन्दर राजा र करण केसीले दुई दुई विकेट लिएका थिए । प्रतिस जिसी, अनिल खरेल र रायन पठानले समान एक एक विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो ।

विराटनगरका लागि सिकन्दर राजाले ६७ रनको अर्धशतकीय इनिङ्स खेल्दै टिमको इनिङ्स उकासेका थिए । चितवनका कप्तान सोमपाल कामी,कमल ऐरी,करिम जनत र सागर ढकालले समान दुई दुई विकेट लिए । शाहब आलमले १ विकेट लिए । यससँगै चितवनले पहिलो खेलमा २ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर