पोखराको मणिपाल शिक्षण अस्पताल किनबेचको सम्झौतापत्र उपलब्ध गराउन शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन — OSNepal

पोखराको मणिपाल शिक्षण अस्पताल किनबेचको सम्झौतापत्र उपलब्ध गराउन शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन

LC (KTM) September 26, 2021 0

काठमाडौँ १० असोज । भारतीय लगानीकर्ताको स्वामित्वमा रहेको पोखराको मणिपाल शिक्षण अस्पताल किनबेचको सम्झौतापत्र उपलब्ध गराउन प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ ।

आज आइतबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो । बैठकले मणिपालको शेयर किनबेचको सम्झौता उपलब्ध गराउन र बेचविखन भएको हो वा होइन जानकारी गराउन निर्देशन दिएको हो ।

मणिपाल शिक्षण अस्पताल दुई व्यवसायीले किनेको सार्वजनिक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर