आलोचना गरेकै कारण विवादमा आइरहने कंगनाले अभिनेता नवाजुद्धिनको तारिफ गर्दै गरिन् यस्तो पोष्ट — OSNepal

आलोचना गरेकै कारण विवादमा आइरहने कंगनाले अभिनेता नवाजुद्धिनको तारिफ गर्दै गरिन् यस्तो पोष्ट

LC (KTM) September 26, 2021 0

काठमाडौ, १० असोज-बलिउड अभिनेत्री कंगना रनावत कुनै पनि विषयमा बोल्न, कसैको आलोचना गर्न तथा तारिफ गर्न अघि सरिहाल्छिन् । सधैंजसो चर्चामा छाइरहने कंगनाले पछिल्लो समय अभिनेता नवाजुद्धिन सिद्धिकीको तारिफ गर्दै एउटा पोस्ट गरिन् । अहिले भारतीय अनलाइनले उक्त कुराको चर्चा गरेका छन् ।

कंगनाले नवाजुद्धिन इन्टरनेसनल एमी अवार्डमा ‘सिरियल म्यान’ फिल्मबाट उत्कृष्ट अभिनेताको मनोनयनमा परेको कुराको तारिफ गर्दै उनको फोटोसहित पोस्ट गरेकी हुन् । उनले आफ्नो पोस्टमा ‘बधाई छ सर, तपाई निश्चित रूपमा दुनियाँका उत्कृष्ट अभिनेतामध्येमा एक हुुनुहुन्छ,’ लेखेकी छन् ।

नवाजुद्धिनले आफू एमी अवार्डमा उत्कृष्ट अभिनेताको मनोनयनमा परेको कुरा आफैंले सेयर गरेका थिए । उनले ‘सिरियस म्यान’ अवार्डमा नोमिनेसनमा परेकोमा फिल्मको टिम र निर्देशक सुधिर मिश्रालाई बधाई दिएका छन् । हाल ‘हिरोपन्थी–२’ को सुटिङका लागि लन्डनमा रहेका नवाजुद्धिनका आगामी फिल्ममा ‘जोगीरा सारा रा रा’, ‘नो ल्यान्डस् म्यान’ र ‘बोले चुडियां’ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर