आफ्नै श्रीमतीलाई कुटीकुटी ज्यान लिएका ३४ वर्षीय न्यौपाने पक्राउ — OSNepal

आफ्नै श्रीमतीलाई कुटीकुटी ज्यान लिएका ३४ वर्षीय न्यौपाने पक्राउ

LC (KTM) September 26, 2021 0

काठमाडौं १० असोज । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–३ भगरिया घर भएका ३४ वर्षीय प्रकाश न्यौपाने रहेका छन् । न्यौपानेले ३५ वर्षीया श्रीमती लक्ष्मी रुपालाई कुटीकुटी गम्भिर घाइते बनाएका थिए ।

इलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार श्रीमती रुपाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको हो ।

न्यौपानेलाई कर्तव्य ज्यान मुद्दामा म्याद लिएर अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर