ईपीएल क्रिकेट : सिकन्दर राजाको अर्धशतकमा चितवनलाई मध्यम टार्गेट — OSNepal

ईपीएल क्रिकेट : सिकन्दर राजाको अर्धशतकमा चितवनलाई मध्यम टार्गेट

LC (KTM) September 26, 2021 0

काठमाडौं, १० असोज – सिकन्दर राजाको अर्धशतक मद्दतमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा एक सय ५२ रनको टार्गेट दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वबिद्यालयको अन्तर्रास्ट्रिय खेल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ५१ रन बनायो ।

विराटनगरको लागि सिकन्दर राजाले सर्वाधिक ६७ रन बनाए । जिम्बाब्बेका मध्ये क्रमका ब्याटर राजाले ४७ बलमा ७ छक्का र दुई चौका प्रहार गरे । यस्तै अनिल शाहले ३२ रन बनाए । उनले ३१ बलमा एक छक्का र तीन चौका हिर्काए । यस्तै सौरभ खनालले अविजित ३० रन बनाए । उनले १९ बलमा दुई छक्का र तीन चौका प्रहार गरेका थिए ।

विराटनगरका ओपनर आसिफ शेष र सुमित महर्जक डक आउट भएका थिए । टस जितेर बलिङ गर्ने निर्णय लिएको चितवनको लागि कप्तान सोमपाल कामी, कमल ऐरी, सागर ढकाल र करिम जन्नतले समान दुई दुई विकेट लिए । यस्तै शाहब आलमले एक विकेट हात पारे ।

आज हुने हुने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोज एक आपसमा आमनेसामने हुनेछन् ।

भैरहवा शरद भेषवाकरको कप्तानीमा छ भने पोखराको विनोद भण्डारीले कप्तानी गर्नेछन् ।

शनिबारदेखि शुरु भएको ईपीएलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किंग्स इलेभनले कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर प्याट्रियट्सलाई ७ विकेटले पराजित गरेको थियो ।

ईपीएलको विजेताले ५० लाख पुरस्कार पाउँदा उप विजेताले १५ लाख पाउने छ ।

प्रतियोगिता २३ असोज सम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर