काठमाडौँ १० असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज आइतबार केन्द्रीय सदस्यहरूले राजनीतिक प्रतिवेदनमाथि उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।
शुक्रबारबाट जारी पार्टीको केन्द्रिय कमिटिको बैठकमा अध्यक्ष ओली लगायत महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले उक्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले
उठाएका प्रश्नकोहरुको जवाफ दिने भएका हुन् ।
जवाफ दिएसँगै उक्त प्रतिवेदन बैठकमले पारित गर्ने भएको छ । केन्द्रीय समितिबाट राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्ताव पारित भएपछि असोज १५ देखि १७ गते सम्म आयोजना हुने विधान महाधिवेशनमा प्रस्तुत गरिनेछ ।