रुपन्देही तिलोत्तमा भदौ २० गते मृत भेटिएकी २७ वर्षीय सीता भण्डारी पौडेलको मृत्यु प्रकरणमा सीताका माइती पक्षले उनको आत्महत्या नभइ हत्या नै भएको जाहेरी दिएर निरन्तर न्याय खोज्दै छन । रुपन्देही प्रहरीले सीताको आत्महत्या दुरुत्साहन मुद्दामा २ जनामाथि अनुसन्धान भइरहेको जनाएको छ । मृतकका माइती पक्षले सीताको घरकै सदस्यको मिलेमतोमा हत्या भएको जाहेरी दिएका थिए ।
भदौ २० गते बिहान साढे ४ बजे जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर ५ बस्ने २७ वर्षीया सीता भण्डारी पौडेल आफ्नै घर कोठामा मृतअवस्थामा फेला परेकी थिइन् । पो,ष्टमार्टम रिपोर्टका आधारमा आत्महत्याकै कारण मृत्यु भएको प्रहरीले जवाफ दिए पनि मृ’तकका माइती पक्षले विश्वास गरिरहेका छैनन् ।