एनभीए भलिबल च्याम्पियनसिप आजबाट, आर्मी र कर्णालीबीच उद्घाटन खेल — OSNepal

एनभीए भलिबल च्याम्पियनसिप आजबाट, आर्मी र कर्णालीबीच उद्घाटन खेल

LC (KTM) September 26, 2021 0

काठमाडौं, १० असोज – एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप प्रतियोगिता आज आइतबारबाट सुरु हुँदैछ । नेपाल भलिबल संघको आयोजनामा हुने छैटौं संस्करणको एनभीए च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुनेछ ।

च्याम्पियनसिपमा पहिलो दिनबाट पुरुषतर्फका खेल हुँदा महिला तर्फका खेल मंगलबारबाट मात्रै खेल हुनेछन् । पहिलो दिन पुरुषतर्फको चार खेल हुनेछन् ।

प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता छ । उद्घाटन खेलमा पुरुषतर्फ विभागीय त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘सी’मा रहेको आर्मी र कर्णालीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा समूह ‘डी’को एपीएफ क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बिहान ११ बजे सुरु हुनेछ ।

तेस्रो खेलमा समूह ‘ए’को बागमती प्रदेश र गल्कोट स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । चौथो तथा दिनको अन्तिम खेलमा नेपाल पुलिस क्लबले दावाली मिलन क्लबको सामना गर्नेछ ।

प्रतियोगितामा पुरुषतर्फ १२ र महिला तर्फ ८ गरी कुल २० टोलीको सहभागिता छ । क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ उत्कृष्ट ७ र महिलाको ५ टोलीले चैतमा आयोजना हुने एनभीए क्लब लिगमा स्थान बनाउने छन् ।

विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर