बलियो ओमान विरुद्ध आज मैदानी संघर्ष गर्दै नेपाल, कसले मार्ला बाजी ? — OSNepal

बलियो ओमान विरुद्ध आज मैदानी संघर्ष गर्दै नेपाल, कसले मार्ला बाजी ?

LC (KTM) September 26, 2021 0

काठमाडौं, १० असोज – आगामी पुरुष साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग आज आइतबार मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र ओमानबीचको खेल आइतबार कतार युनिभर्सिटी मैदानमा हुनेछ । खेल स्थानिय समय अनुसार राति ७ बजे हुनेछ ।

हाल फिफा बरीयतामा ओमान निकैनै बलियो स्थितिमा छ । ओमान पछिलो बरीयता अनुसार ७८ स्थानमा रहँदा नेपाल १६८ स्थानमा छ । साफको तयारीमा रहेको नेपाली टिम यतिबेला कतारमा छ । यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

नेपाली टिम कतारबाट साफका लागि सेप्टेम्बर २७ मा माल्दिभ्स जाने छ । आगामी अक्टोबर १ देखि १६ सम्म मालेमा आयोजना हुने साफ च्याम्पियनसिपमा नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

नेपाल र माल्दिभ्सबीचको खेल १५ असोजमा हुनेछ । दोस्रो खेल १८ असोजमा श्रीलंकासँग खेल्नेछ। नेपालले तेस्रो खेल २४ असोजमा भारतसँग खेल्दा २७ असोजमा बंगलादेशसँग खेल्नेछ । तालिकाको शीर्ष दुई टोलीले ३० असोजमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । यस पटक साफमा पाकिस्तान र भुटानको सहभागिता रहने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर