मेस्सीबिना मैदान उत्रिएको पिएसजीको अर्को शानदार जित — OSNepal

मेस्सीबिना मैदान उत्रिएको पिएसजीको अर्को शानदार जित

LC (KTM) September 26, 2021 0

काठमाडौं, १० असोज – स्टार खेलाडी लियोनल मेस्सीबिना फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले अर्को जित निकालेको छ । शनिबार राति भएको खेलमा घरेलु टोली पिएसजीले मोन्ट पेलियरलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

अपराजित पिएसजीको जितमा इड्रीशा गुये र जुलियन ड्राक्सलरले १/१ गोल गरे । खेलको १४ मिनेटमा एन्जल डि मारियाको पासमा इड्रिशाले गोल गरेका हुन् । खेलको ८८ मिनेटमा ड्राक्सलरले नेयमारको पास सदुपयोग गरेका थिए ।

घुडाको चोटको कारण मेस्सी टोली बाहिर रहँदा अट्याकरद्वय केलियन एम्बाप्पे र नेयमारसमेत गोलरहित रहे ।

जितसँगै पिएसजीले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ । उसको ८ खेलबाट २४ अंक छ । पराजित मोन्ट भने ८ खेलबाट ९ अंक सहित ११औँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर