लामो समय पछि एकसाथ देखा परे अभिनेता आमिर खान र साउथ सुपरस्टार नागार्जुन — OSNepal

लामो समय पछि एकसाथ देखा परे अभिनेता आमिर खान र साउथ सुपरस्टार नागार्जुन

LC (KTM) September 26, 2021 0

बलिउड अभिनेता आमिर खान हालै साउथ मुभी लभ स्टोरीको प्रमोटमा लागि हैदराबाद गएका थिए । यस साउथ फिल्ममा साउथ सुपरस्टार नागार्जुनका छोरा चैतन्य तथा साई पल्लवी लीड रोलमा रहेका छन् । प्रोम्सनल इभेन्ट पछि उनको परिवारले आमिरको लागि डिनरको आयोजना गरेको थियो ।

यस दौरान नागार्जुन एकदमै इमोश्नल भएका छन् । डिनरको दौरान आमिर खानले फिल्म लाल सिंह चड्डामा नागा चैतन्यको क्यारेक्टरको नामका बारेमा बताएका थिए । लाल सिंह चड्डा नागा चैतन्यको बलिउड डेब्यु मुभि रहेको छ । फिल्ममा आउने एक पात्रको जो बाला राजु रहेको छ ।

संयोगबश नागार्जुनको पिता तथा नागा चैतन्यको हजुबुवा अक्किनेनी नागेश्वर रावले पनि यहि नामको फिल्ममा ७० बर्ष अघि काम गरेका थिए । साथै फिल्ममा त्यो नाम पनि बाला राजु नै रहेको थियो । छोरा तथा बुवा बीच नामको यो कनेक्सनले नागार्जुनलाई एकदमै सरप्राइज गरिदिएको छ ।

त्यसैले यहि कारण उनी एकदमै भावु भएका थिए । उनका हजुरबुवा अर्थात एएनआर सन् २०१४ मा ९० बर्षको उमेरमा क्यान्सरका कारण यो संसार छोडेर गएका थिए । उनी सन् १९४० देख फिल्ममा सक्रिय रहेका थिए । आमिरको लाल सिंह चड्डा भने क्रिसमसको अवसरमा रिलिज हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर