आफ्नै चार वर्षीया बहिनीलाई पटक पटक बलात्कार गरेको भन्दै बझाङका युवकलाई भारतमा फाँसीको सजाय दिइयो — OSNepal

आफ्नै चार वर्षीया बहिनीलाई पटक पटक बलात्कार गरेको भन्दै बझाङका युवकलाई भारतमा फाँसीको सजाय दिइयो

LC (KTM) September 26, 2021 0

धनगढी । आफ्नो सौतेनी बहिनीलाई बलात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी ९मृ’त्युदण्ड०को सजाय दिइएको छ ।

भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई ब’लात्कार गरेको आरोपमा ती युवकलाई भारतको अदालतले मृ’त्युदण्डको सजाय सुनाएको हो । यो खबर आजको राजधानी दैनिकमा छ ।

चार वर्षीया सौतेनी बहिनीलाई ब’लात्कार गरेको आरोपमा भारतको पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ वर्षीय युवकलाई त्यहाँको अदालतले फाँ’सीको सजाय सुनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भारतीय पत्रिका अमर उजालाका अनुसार ती पुरुष ३ अप्रिल २०२१ मा पक्राउ परेका थिए । गाउँमा बुबाआमाको मृत्युपछि सौतेनी बहिनी दाइसँग पिथौरागढमा बस्दै आएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर