पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, असोज १० गते आईतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल — OSNepal

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, असोज १० गते आईतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

LC (KTM) September 26, 2021 0

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामान्य आर्थिक तनाबको सामना गर्नुपर्ला । कार्यसम्पादनमा सामान्य ढिलाईको योेग रहेकोछ । मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । वाणिका कारण सामान्य वादविवादको सम्भाबना रहनेछ । खानपानका कारण स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । पारिवारीक झमेलाले सताउन सक्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । आफन्तजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । बिद्यार्थी बर्गका निम्ती समय मध्यम रहनेछ । सामान्य यात्रा पश्चात मनग्य आम्दानी प्राप्त हुनेछ । दाम्पत्य शुख प्राप्त रहने दिन रहेकोछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) स्वास्थका कारण कार्यक्षेत्रमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । आफन्तजनहरु बाटँ टाढा भएको अनुभव हुनेछ । नयाँ लगानिमा बिशेष ध्यान पूर्याउनु होला । मित्रजनहरुको साथ सहयोगमा आम्दानि मध्यम रहला । अनावश्यक खर्चका कारण तात्कालिक आर्थिक अभाब रहन सक्ने सम्भाबना रहेको छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा नयाँकार्य थालनिका अवसरहरु प्राप्त रहनेछन । पूराना लगानि उठाउन उचित समय रहेकोछ । सामान्य वादबिवादको झमेलामा फसिएला । सामान्य यात्राको सम्भाबना रहेकोछ । अध्यन अध्यापनका क्षेत्रमा तथा रचनात्मक कार्यका क्षेत्रमा समय ब्यतित रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा लगाईएको तत्परताको बिशेष कदर हुन सक्नेछ । सामाजिक कार्यको क्षेत्रमा जुट्ने समय रहेकोछ । मान्यजनहरु सगँको सम्बन्धमा मधुरता छाउनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । मान्यजनको सहयोगमा आम्दानी उत्तम रहन सक्नेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) कार्य सम्पादनमा गोपनियताको आवश्यकता रहनेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यत्तित्व हरुले प्राप्त गर्नेछन । मित्रजनहरु सगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । नयाँ मित्र प्राप्ती भएतापनि प्रतिपक्क्षीहरु सबल रहनेछन ।ईष्टमित्रजनको साथ सहयोगमा बृद्धिहुनाले जटिलकार्य सम्पादितहुनेछन ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । नजिकका ब्यत्तिहरुबाट धोकाहुन सक्ने सम्भाबना रहेकोछ । नयाँकार्यको थालनि नगर्नुहोला । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । खानपानमा बिशेष साबधानि अपनाउनु उत्तम रहनेछ । स्थीर क्षेत्रमा गरीएको लगानि लाभदायक साबित रहनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनोबिलासिताका साधनको खरिद तथा प्रयोगमा सामान्य खर्चहुन सक्नेछ । पारीवारिक झोर झमेलाले सताउन सक्ने समय रहेकोछ । अधुराकार्यहरु सहजतापुर्ण सम्पादीत रहनेछन । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । ब्यापार ब्यवसायमा दिन मध्यम रहनेछ । शारीरिक आलस्यताका कारण कार्य क्षेत्रमा सामान्य ढिलाईको योग बन्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) स्वास्थमा सामान्य समस्या उत्पन्नहुन सक्नेछ । प्रतिश्पर्दाजन्य कार्यमा तपाईको अब्बल स्थान प्राप्त रहनेछ । शुभचिन्तकहरुको साथसहयोगमा ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । तात्कालिन यात्राको सम्भाबना रहेकोछ । गरीरहेको कार्य सम्पादनमा सामान्य ढिलाईको सामना गर्नु पर्नेछ । मानसम्मानमा आचँ आउन सक्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) बिशिष्ट ब्यत्तिहरुको अनुशरणले सामान्य झन्झटका बिचमापनि कार्य सम्पादित रहनेछन । अध्यन अध्यापनका क्षेत्रमा अधिक समय ब्यतितरहेता पनि उत्तम प्रतिफल प्राप्त हुनेछैन । रचनात्मक तथा कलाकौशलको प्रयोगले आम्दानीको क्षेत्रदरीलो बन्नेछ । नयाँ कार्यको थालनिले मन हर्षित तुल्याउला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) पारीवारिक झोरझमेलाले सताउन सक्नेछ । ब्यापार ब्यवसायमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्यमा समेत समस्या उत्पन्नहुनाले मनमा खिन्नता बोध हुनेछ । मान्यजनहरुको स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । सभासम्मेलनका क्षेत्रमा सरीक रहने अवसर प्राप्त रहनेछ । ब्यापार ब्यवसायमा दिन मध्यम रहनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आत्मबलमा बृद्धिहुनाले अधुरा कार्यसमेत सम्पादित रहनेछन । मित्रजनहरुको सहयोगमा आम्दानिका श्रोतहरु दरीला बन्नेछन । तात्कालिक धनलाभ हुन सक्नेछ । धार्मीक क्षेत्रको यात्राको सम्भाबना रहेकोछ । ईष्टमित्रजनको साथ सहयोगमा बृद्धिहुनाले जटिलकार्य सम्पादितहुनेछन साथै कार्य सम्पादनको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर