स्पेनिस ला लिगा फुटबलमा एलाभेस संग एटलेटिको मड्रिड पराजित — OSNepal

स्पेनिस ला लिगा फुटबलमा एलाभेस संग एटलेटिको मड्रिड पराजित

LC (KTM) September 25, 2021 0

स्पेनिस ला लिगा फुटबलमा डिपोर्टिभो एलाभेस बिजयी भएको छ । एलाभेस संग एटलेटिको मड्रिड पराजित भएको हो । आज सम्पन्न खेलमा एलाभेस संग एटलेटिको एक शुन्य गोल अन्तरले पराजित भएको हो।

एलाभेसको जितमा खेलको चौथो मिनेटमा नै भिक्टर लागर्डियाले निर्णायक गोल गरे । आज को यो पराजय सँगै एटलेटिकोले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

एटलेटिकोले ७ खेलमा १४ अंक जोडेको छ । एटलेटिको दोस्रो स्थानमा रहेको छ । एलाभेसले ६ खेलमा ३ अंक जोडेको छ । एलाभेसको यो पहिलो जित हो । त्यस्तै आजै सम्पन्न अर्को खेलमा भ्यालेन्सियाले एथ्लेटिक बिल्बाओसँग एक एकको बराबरी खेलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर