इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड, एस्टन भिल्ला संग पराजित — OSNepal

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड, एस्टन भिल्ला संग पराजित

LC (KTM) September 25, 2021 0

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड एस्टन भिल्ला संग पराजित हुन पुगेको छ । आज सम्पन्न खेलमा युनाईटेड एस्टन भिल्लासँग एक शुन्य गोल अन्तरले पराजित भएको हो । एस्टनका लागी कोर्टने हाउस नायक बने ।

एस्टनलाई जित दिलाउन उनले निर्णायक गोल गरेका हुन् । उनले खेलको ८८ औं मिनेटमा गोल गरेका हुन् । युनाईटेड भने आफ्नै घरेलु मैदान ओल्ड ट्राफोर्डमै पराजित भएको छ ।

आजको यो जितसँगै एस्टनले ६ खेलमा १० अंक जोड्न सफल भएको छ । एस्टन लिगको सातौं स्थानमा रहेको छ । युनाईटेडले ६ खेलमा १३ अंक जोड्दै तालिकाको चौंथो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर