म्यानचेस्टर सिटी संग आफ्नै घरेलु मैदानमा चेल्सी स्तब्ध — OSNepal

म्यानचेस्टर सिटी संग आफ्नै घरेलु मैदानमा चेल्सी स्तब्ध

LC (KTM) September 25, 2021 0

इंग्लिस प्रिमियर लिग फुटबलमा आज सम्पन्न खेलमा म्यानचेस्टर सिटी बिजयी भएको छ । उसले चेल्सीलाई उसकै मैदानमा स्तब्ध बनाएको हो । सिटीले चेल्सीलाई शुन्यका बिरुद्ध एक गोल अन्तरले पराजित गरेको हो । सिटीलाई जित दिलाउन ग्राबियल जिससले निर्णायक गोल गरेका थिए ।

उनले खेलको ५३ औं मिनेटमा कान्सेलोको पास लाई सदुपयोग गर्दै चेल्सीको पोस्टमा गोल गर्न सफल भएका थिए । आजको यो जितसँगै सिटीले ६ खेलमा १३ अंक जोडेको छ । सिटी दोस्रो स्थानमा उक्लिएको छ । चेल्सीको पनि ६ खेलमा १३ अंक रहेको छ । चेल्सी तेस्रो स्थानमा रहेको छ । चेल्सीको आजको हार नै यो सिजनको पहिलो हार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर