नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगरमा नेकपा एकीकृत समाजवादीले आज नगर कमिटी घोषणा गरेको छ । ओलीको गृहनगरमै माधव नेपालको पार्टीले नगर कमिटी घोषणा गरेको बिषयलाई सबैले चासोका साथ हेरेका छन् ।
एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा दमक नगरका पूर्व प्रमुख इन्द्रबहादुर बुडाथोकीको आतिथ्यतामा दमक नगर कमिटी घोषणा भएको हो । नगर कमिटीको अध्यक्षमा महेश घिमिरे, उपाध्यक्षमा सुमन कार्की, हमला सिटौला, बिराट जबेगु लिम्बू छन् ।
सचिवमा निर्मल लामिछाने, सहसचिवमा रोशन भण्डारी छन् । त्यस्तैं, कमिटीको सदस्यहरुमा चन्द्र थापा, राजु भट्टराई, युवराज दुलाल, तारादेबी धिमाल, गोमादेवी कटुवाल लगायतका रहेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी बुडाथोकीले एकीकृत समाजवादीमा जनताको आशा र भरोसा रहेको बताएका छन् ।
उनले नेपालमा कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा अघि बढाउन एकीकृत समाजवादीले मात्रै सक्ने भएकोले पार्टी कार्यकर्तालाई आ–आफ्नो स्थानमा इमान्दारीका साथ काम गर्न सुझाए । उनले ओलीको गृह नगरबाटै पहिलो पटक झापामा नगर कमिटी गठन भएको जानकारी समेत दिए ।