नागढुङ्गामा सवारीसाधन चेक जाँच गर्दा ९५ लाखसहित भारतको महाराष्ट्र घर भएका २६ वर्षीय सागर कृष्ण समातिए — OSNepal

नागढुङ्गामा सवारीसाधन चेक जाँच गर्दा ९५ लाखसहित भारतको महाराष्ट्र घर भएका २६ वर्षीय सागर कृष्ण समातिए

LC (KTM) September 25, 2021 0

स्रोत नखुलेको रु ९५ लाखसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा गएराति उक्त रकमसहित भारतको महाराष्ट्र घर भएका २६ वर्षीय सागर माली र सोही ठाउँका १९ वर्षीय कृष्ण अढाडेलाई पक्राउ गरेको हो ।

सागरका साथबाट रु ४५ लाख र कृष्णका साथबाट रु ५० लाख बरामद गरिएको काठमाडौँ महानगरीय प्रहरी परिसरले आज जारी गरेको विज्ञाप्तिमा जनाइएको छ ।चितवनबाट काठमाडौँ आउदै गरेको ग१ख ६६४५ नम्बरका माइक्रोमा सवार उनीहरुले झोलामा उक्त रकम लुकाइछिपाइ ल्याएका थिए । उनीहरुले पैसाको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर