सामाजिक सञ्जाल प्रयोगकर्ताले अभिनेत्री तापसी पन्नुलाई तिमी अझै पनि ‘बेरोजगार छौ भनेपछि... — OSNepal

सामाजिक सञ्जाल प्रयोगकर्ताले अभिनेत्री तापसी पन्नुलाई तिमी अझै पनि ‘बेरोजगार छौ भनेपछि…

LC (KTM) September 25, 2021 0

मुम्बई । भारतीय अभिनेत्री तापसी पन्नु सामाजिक सञ्जालमा निकै सक्रिय हुँदै आएकी छन् । उनले बेलाबेलामा सामाजिक सञ्जालमा मानिसले दिने विभिन्न प्रतिक्रियाको जवाफ दिइरहेकी हुन्छिन् । तर, पछिल्ला केही दिनदेखि तापसीले सामाजिक सञ्जाल चलाउन कम गरेकी छन् । बेलाबेलामा उनी सामाजिक सञ्जालका माध्यमबाट विवादमा पर्न थालिन् ।
उनलाई एक सामाजिक सञ्जाल प्रयोगकर्ताले अझै पनि ‘बेरोजगार’ नायिका भनिरहेका छन् । तर, अभिनेत्री तापसी यसलाई मान्न तयार छैनन् । उनले भारतीय सञ्चार माध्यमसँग कुरा गर्दै आफूसँग दुई वर्षका लागि काममा व्यस्त रहेको नयाँ चलचित्रका लागि समय नभएको जिकिर गरेकी छन् ।सौर्य दैनिकमा खबर छ । तापसीले भनेकी छन्, ‘म ट्रोलर्सलाई खासै महत्व दिन्नँ । किनकी, यहाँ कुनै पनि कलाकारको विरुद्धमा सोचविचार नै नगरी ट्रेन्ड चलेको पाइन्छ । उनीहरुसँग, कुनै पनि महत्वपूर्ण कुरा नै छैन । जब तपाई सफल हुनुहुन्छ, तब सबैको नजरमा पर्नुहुन्छ ।

जबकी मेरो हातमा सन् २०२३ सम्मका लागि चलचित्र छ । तर, मानिसहरु मलाई बेरोजगार भनिरहेका छन् । तर, यस्ता कुरामा प्रतिक्रिया दिँदा म आफूलाई सुरक्षित महशुस गर्छु ।’ अभिनेत्री तापसीले सामाजिक सञ्जालमा ट्रोल हुँदा परिवारलाई भने समस्या पर्ने सुनाएकी छन् । यस्तै उनले यसबारेमा परिवारसँग कुरा गर्ने गरेको जनाउँदै आफ्नो मनको कुरा राख्नका लागि पछि नहट्ने समेत बताएकी छन् । मौन नबस्ने भन्दै उनले आफ्नो आवाज निक्कै शक्तिशाली भएको बताउँदै भनिन्, ‘यसले, ठूलो प्रभाव पार्छ । यसकारण पनि मानिसहरु मेरो आवाज बन्द गर्न चाहन्छन् ।’ अभिनेत्री तापसीले आफू र ट्रोलर्सको बीचमा धेरै भिन्नता रहेको जिकिर गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर