शुक्रबारदेखि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, समूहगत छलफल जारी — OSNepal

शुक्रबारदेखि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, समूहगत छलफल जारी

LC (KTM) September 25, 2021 0

काठमाडौं, ९ असोज – शुक्रबारदेखि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । शुक्रबार बैठकमा पेस भएको विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्तावमा आज बिहान ११ बजेदेखि समूहगत छलफल हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि शुक्रबारबाटै समूहगत छलफल जारी छ । केन्द्रीय कमिटीमा १० वटा समूह बनाएर समूहगत छलफल थालिएको भट्टराईले बताए । ७ प्रदेश इन्चार्जसहितको ७ समूह, विभागीय प्रमुख, फाँट प्रमुख उपप्रमुख, विशेष तथा सम्पर्क मञ्च गरी १० वटा समूह बनाइएको छ ।

‘समूहगत छलफलको सुझाव अनुसार तीन वटै प्रतिवेदन परिर्माजनसहित पारित गरिने छ,’ भटराईले भने, ‘आज विहान ११ बजेदेखि समूहगत छलफल हुने छ। केन्द्रीय कार्यसमितिको पूर्ण बैठक दिउँसो ३ बजे बस्ने छ । केन्द्रीय समितिले पारित गरेका प्रतिवेदन विधान महाधिवेशनमा पेस गरिने उनले जानकारी दिए । एमालेले १५–१७ असोजमा पहिलो विधान महाधिवेशन गर्ने मिति तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर