जर्मन बुण्डेस लिगा : बायर्न शीर्ष स्थानमा उक्लियाे, ग्रेउथर फुर्थ पराजित — OSNepal

जर्मन बुण्डेस लिगा : बायर्न शीर्ष स्थानमा उक्लियाे, ग्रेउथर फुर्थ पराजित

LC (KTM) September 25, 2021 0

काठमाडौं, ९ असोज – जर्मन बुण्डेस लिगा अन्तर्गत छैटाैं चरणको खेलमा सहज जित निकाल्दै बायर्न म्युनिख तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा बायर्नले घरेलु टोली ग्रेउथर फुर्थलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

अपराजित यात्रा कायम गर्ने क्रममा बायर्नको लागि थोमस मुलर, जोसुवा किमिचीले १/१ गोल गरे । फुर्थका सेबास्टिएन ग्रेयसबेकले आत्माघाती गोल गरे । पराजित फुर्थका लागि क्रेडिक इथेनले १ गोल गरेका थिए ।

मुलरले खेलको १० मिनेटमा गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाए । किमिचिले ३१ मिनेटमा अग्रता २-० को बनाए । सेबास्टिएनले खेलको ६८ मिनेटमा आत्माघाती गोल गर्दा बायर्नले अग्रता ३-० को बनायो । फुर्थका इथेनले ८७ मिनेटमा सान्त्वना गोल गरेका थिए ।

जितसँगै बायर्नले ६ खेलबाट ५ जित र १ बराबर सहित १६ अंक बनाउदै शीर्ष स्थानमा छ । एक खेल कम खेलेको वोल्फस्बर्ग १३ अंकसहित दोस्रो स्थानमा छ ।

पराजित फुर्थ भने ६ खेलबाट १ अंकसहित तालिकाको पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर