रोयल च्यालेन्ज बैंगलोरलाई पराजित गर्दै चेन्नई आइपीएलकाे शीर्ष स्थानमा — OSNepal

रोयल च्यालेन्ज बैंगलोरलाई पराजित गर्दै चेन्नई आइपीएलकाे शीर्ष स्थानमा

LC (KTM) September 25, 2021 0

काठमाडौं, ९ असोज – रोयल च्यालेन्ज बैंगलोरलाई पराजित गर्दै चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

शुक्रबार राति युएईको शारजाहमा भएको खेलमा चेन्नईले बैंगलोरलाई ६ विकेटले हराएको हो। बैंगलोरले दिएको १ सय ५७ रनको लक्ष्य चेन्नईले १८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गरेकाे हाे ।

चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ३८ रन जोड्दा अम्बाती रायाडुले ३२ रन बनाए । फाप डु प्लेसिसले ३१ रन बनाए । बैंगलोरका हर्सल पटेलले २ विकेट लिए । युजभेन्द्र चहल र ग्लेन म्याक्सवेलले १/१ विकेट लिए ।यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।

बैंगलोरका लागि देवदत्त पडिकलले ७७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान विराट कोहलीले ५३ रनको अर्धशतकीय इनिङ्स खेले।चेन्नईका ड्वाने ब्राभोले ३ विकेट लिए । शार्दुल ठाकुरले २ तथा दिपक चाहरले १ विकेट लिए । जितसँगै चेन्नईले ९ खेलमा १४ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । बैंगलोर ९ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर