दैलेख- दैलेखमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाँटीकाँध ५ बुढागाउँका ४८ वर्षीय देवबहादुर शाही रहेका छन् । दैलेखको ठाँटीकाँधमा बिहीबार स्कुलमा छोराको सर्टिफिकेट लिन जाने क्रममा कालो अरिङ्गालले टोक्दा घाइते भएका देवबशादरको उपचारका क्रममा निधन भएको हो ।
समाजसेवी समेत रहेका शाहीले स्कुल जाने बाटोमा अरिङ्गालको गोलो देखेपछि धपाउने प्रयास गरेका थिए । सोही क्रममा गम्भीर घाइते भएका शाहीलाई क्षेत्रीय अस्पताल सुर्खेतमा आइसीयुमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा गएराती ९ बजे उनको मृ त्यु भएको बताइएको छ ।