अफगानिस्तानमा फेरि मृत्युदण्ड दिने र अङ्ग काट्नेजस्ता सजाय दिइने तालिवानका संस्थापक तुराबीको भनाई — OSNepal

अफगानिस्तानमा फेरि मृत्युदण्ड दिने र अङ्ग काट्नेजस्ता सजाय दिइने तालिवानका संस्थापक तुराबीको भनाई

LC (KTM) September 24, 2021 0

तालिवानले अफगानिस्तानमा शक्तिकै भरमा सत्ता कब्जा गरेपछि त्यहाँ अनेक प्रकारका तरंगहरु आईरहेका छन् । धेरै तालिवानको सत्ता आएपछि डराई रहेका छन् । तालिवानले अफगानिस्तानमा कट्टर इस्लामी कानुनहरू लागू गर्न सुरु गरिरहेको छ ।

यसैक्रममा तालिबानको धार्मिक प्रहरीका एक कुख्यात पूर्वप्रमुखले अब अत्यन्तै कडा कानुन लागु हुने चेतावनी दिएका छन् । मुल्लाह नुरूद्दीन तुराबीले अफगानिस्तानमा फेरि मृत्युदण्ड दिने र अङ्ग काट्नेजस्ता सजाय सुरक्षाका लागि आवश्यक भएको प्रतिक्रिया दिएका छन् ।

उनी तालिबानका संस्थापकमध्ये एक र पूर्वकार्यकालमा इस्लामी कानुनलाई कठोर व्याख्यासहित लागू गर्ने ब्यक्ति समेत रहेका छन् । त्यसैले अफगानिस्तानमा झन् ठुलो त्रास फैलिएको छ । तिनै कठोर तालिवानका संस्थापकले सजाय एउटै भए पनि अवस्था फरक हुने बताएका छन्

उनले सन् १९९० को दशकमा मृत्युदण्ड दिने, अंग काट्ने जस्ता सजाय सार्वजनिक रुपमा भने नगरिने बताएका छन् । तालिवानले सत्ता लिए पछि अफगानिस्तानको हालत दिन प्रतिदिन बिग्रदै गएको छ । त्यहाँ धेरै मानब अधिकार उल्लंघनका घटनाहरु समेत घट्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर