दुर्गेशले ल्याए बहिष्कार बोलको गीत , भने पत्थर दिल भएकाहरु लाई फुलको नमस्कार — OSNepal

दुर्गेशले ल्याए बहिष्कार बोलको गीत , भने पत्थर दिल भएकाहरु लाई फुलको नमस्कार

LC (KTM) September 24, 2021 0

गीतकै कारण सधै चर्चामा आईरहने गायक हुन् दुर्गेश थापा । उनको हरेक गीतमा एउटा न एउटा कन्ट्रोभर्सी रहेकै हुन्छ । केही समय अगाडी उनै दुर्गेशले तीजका लागि भनेर निकालेको गीतमा ख्यास्स पुतली भन्ने शब्द प्रयोग गरेका कारण बिबादमा तानिए ।

यति सम्मकी उनलाई लोक तथा दोहोरी गीत प्रतिष्ठानले बहिस्कार समेत गर्ने निर्णय नै गरेको थियो । तर पछि प्रतिष्ठानको सदस्य बाट मात्र हटाएको भन्ने कुरा आएको थियो । प्रतिष्ठानको यो कदमलाई उनले गीत मार्फत नै जवाफ दिने भन्दै बहिस्कार शिर्षकको गीत सार्वजनिक गर्ने घोषणा समेत गरेका थिए ।

अहिले आएर उनले आफूले निकालेको ‘बिच्च बिच्चमा–४ ख्यास्स पुतली’को विषयमा उठेको विवादको जवाफ दिँदै बहिस्कार निकालेका हुन्। यो गीत आज बेलुका उनले ‘डि सिरिज’ युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् । यस गीतमा उनलाई सहश शाक्यले साथ दिएका छन् ।

यस गीतको शब्द र संगीत संयोजन दुबै दुर्गेश आफैले गरेका छन् । गीत भित्रको र्या‍प भर्सनको भने शहसले नै लेखेका छन् । शिव बिकको निर्देशनमा बनेको यस भिडियोमा दुर्गेशका साथी पल शाहले समेत अभिनय गरेका छन् । युटुबमा अप्लोड गरिएको ६ घण्टामा १ लाख २८ हजारले यो भिडियो हेरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर