एएफसी महिला एसियन कप फुटबलमा फिलिपिन्स छनौट — OSNepal

एएफसी महिला एसियन कप फुटबलमा फिलिपिन्स छनौट

LC (KTM) September 24, 2021 0

एएफसी महिला एसियन कप फुटबलमा फिलिपिन्स छनौट भएको छ । आज भएको खेलमा जित निकाल्दै समुहको शीर्ष स्थानमा रहेर छनौटमा फिलिपिन्सले आफुलाई उभ्याउन सफल भएको हो । उज्वेकिस्तानमा भईरहेको छनोट चरणको खेलमा आज हङकङलाई दुई एक गोल अन्तरले पराजित गर्दै फिलिपिन्सले एसियन कपमा स्थान बनाएको हो ।

फिलिपिन्स शीर्ष स्थानमा रहदै भारतमा हुने एसियन कपमा स्थान बनाउन सफल भएको हो । फिलिपिन्सले २ खेलमा दुई जित निकाल्दै ६ अंकका साथ शीर्ष स्थानमा रहन सफल भयो । आजको हार संगै हङकङ पनि एसियन कपको छनौटको रेस बाट बाहिरीएको हो । हङकङले २ खेलमा १ अंक जोड्यो ।

यसै समूहको रहेको नेपालले पनि २ खेलमा १ अंक जोडेर अस्ति नै बाहिरी सकेको छ । नेपाल पहिलो खेलमा अन्तिम समयमा आएर फिलिपिन्ससँग दुई एक गोल अन्तरले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा हङकङसँग गोलरहित बराबरी खेलेको थियो । एएफसी महिला एसियन कप फुटबल भारतमा जनवरी २० देखि फेब्रुअरी ६ सम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर