'वाइवाई जिङ्ग' चाउचाउ खाएर स्कुटर जिते लहानका हरेराम शर्मा — OSNepal

‘वाइवाई जिङ्ग’ चाउचाउ खाएर स्कुटर जिते लहानका हरेराम शर्मा

LC (KTM) September 24, 2021 0

इटहरी-चौधरी ग्रुपको वाइवाई जिङ्ग चाउचाउ खदा सिरहा जिल्ला अवस्थित लहान ८ का हरेराम शर्मालाइ स्कुटर पुरस्कार परेको छ। लहान मुख्य बजारमा एक कार्यक्रमका गर्दै बिहिबार उनलाई स्कुटर हस्तान्तरण गरिएको छ। ‘वाइवाइ जिङ्ग हरर, स्कुटरमा सरर’ नारा सहित ‘वाइवाइ जिङ्ग उपभोक्त योजना’ अन्तर्गत बम्पर पुरस्कार स्वरुप राखिएको स्कुटर उपहारमा पछिल्लो समय लहानका उपभोक्ताले बाजि मारेका हुन् ।

उनि प्रदेश २ मा यो योजना अन्तर्गत पहिलो स्कुटर बिजेता हुन्। प्रदेश १ मा भने १२ ओटा स्कुटर पुरस्कार स्वरुप वितरण गरिसकिएको सिजी ग्रुप नुडल्स डिभिजनका प्रदेश १ प्रमुख पुण्य प्रसाद लुइँटेलले जानकारी गराए।

१३ औ स्कुटर बिजेता शर्मालाई सिजी ग्रुप प्रदेश २ का म्यानेजर संजय मिश्रा, लहान नगरपालिका वार्ड न. ८ अध्यक्ष विजय कुमार महतो, सरगम एफएमका संचालक फिरोज शेख, नुडल्स डिभिजन प्रदेश २ सहायक प्रवन्धक नवल चौहान र प्रदेश १ बजार प्रमुख रबिन्द्र शाक्य, सप्तरी उधोग बाणिज्य संघ पुर्वअध्यक्ष र नेपाल भारत मैत्री संघ सप्तरीका अध्यक्ष समेत रहेका मनोज कुमार मुन्धडाले संयुक्त रुपमा स्कुटरको चावी हस्तान्तरण गरेका थिए।

बिहिबार चावी हस्तान्तरणपछि नगर परिक्रमा गरिएको थियो भने शुक्रबार समेत प्रदेश २ का विभिन्न जिल्लाहरुमा बिजेतासहित नगर परिक्रमा गरिएको थियो।कार्यक्रममा प्रदेश २ का विभिन्न डिस्टिब्युटरका प्रतिनिधिहरु, सिजि ग्रुपका जिल्ला प्रतिनिधिहरु: संजय शिंह, प्रकाश ठाकुर, गोबिन्द दाहाल, आरपी शिंह, नविन मिश्र लगायतको उपस्थिति रहेको थियो । ‘वाइवाइ जिङ्ग उपभोक्त योजना’ अन्तर्गत अझै धेरै स्कुटरहरुका साथै ट्याब्लेट, स्मार्टवाच, स्केटिङ, साइकल, फुटबलस्पेनरटप, स्पेनर, लुडो लगायतका पुरस्कार जित्न सकिने प्रदेश १ बजार प्रमुख रबिन्द्र मास्केले जानकारी गराए । स्कुटर वितरण कार्यक्रम रमेश पौडेलले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर