अर्थ मन्त्रालयको स्पष्टिकरण : स्यानिटरी प्याडमा करवृद्धि भएको छैन — OSNepal

अर्थ मन्त्रालयको स्पष्टिकरण : स्यानिटरी प्याडमा करवृद्धि भएको छैन

LC (KTM) September 24, 2021 0

काठमाडौं ८ असोज । महिलाले लगाउने स्यानिटरी प्याडमा मूल्यवृद्धि भएको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले यस विषयमा स्पष्टिकरण दिएको छ ।

अर्थ मन्त्रालयले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । राजस्व सचिव कृष्णहरि पुष्करले दिएको जानकारी अनुसार जुनसुकै पदार्थका स्यानिटरी टाबेल (प्याड) र टेम्पोन, केटाकेटीका लागि आवश्यक पर्ने न्याप्किन र पुछ्ने रुमाल (न्याप्किन लाइनर)तथा यस्तै, सामानमा कुनै पनि कर वृद्धि गरिएको छैन ।

देशभित्र स्यानिटरी प्याडको उत्पादनलाई विशेष प्रोत्साहन गर्ने नीति लिइएकाले यसमा कुनै पनि कर वृद्धि नगरिएको स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर