आफुलाई ‘हृदयाघात’ भएको भन्ने समाचार पूर्णतः असत्य : उद्योगपति वसन्त चौधरी — OSNepal

आफुलाई ‘हृदयाघात’ भएको भन्ने समाचार पूर्णतः असत्य : उद्योगपति वसन्त चौधरी

LC (KTM) September 24, 2021 0

काठमाडौँ ८ असोज । उद्योगपति वसन्त चौधरीले आफुलाई ‘हृदयाघात’ भएको भन्ने समाचार पूर्णतः असत्य भएको बताएका छन् ।

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष समेत रहेका चौधरीले आफ्नो हृदयाघातको खबर एकदमै निराधार भएको जानकारी दिएका हुन् ।

पारिवारिक घमुफिरको लागि आफु दुबई आएको र सामान्य स्थास्थ्य चेकजाँच गरेको भन्दै आफुलाई केहि नभएको बताएका छन् ।

उनले आफ्नो उपचार गर्ने पर्ने भयो भने पनि आफ्नै नर्भिक अस्पताल रहेको भन्दै समाचार असत्य भएको बताएका छन् ।

आज शुक्रबार चौधरीलाई हृदयघात भएको समाचार बाहिरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर