सामाजिक सञ्जाल मार्फत ५ लाख ठगी गर्ने एक भारतीय नागरिक पक्राउ — OSNepal

सामाजिक सञ्जाल मार्फत ५ लाख ठगी गर्ने एक भारतीय नागरिक पक्राउ

LC (KTM) September 24, 2021 0

काठमाडौं ८ असोज । सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, ह्‍वाट्स एप, इमो प्रयोगकर्तालाई पार्सल पठाइ दिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दार्जिङ जिल्ला सिलगुढी पानीघट्ट बजार बस्ने ३३ वर्षिय सन्दिप क्षेत्री रहेका छन् ।

क्षेत्रीले नगद ५ लाख १० हजार रुपैयाँ ठगी गरी फेसबुकमा आफूलाई यूके नागरिक हुँ भन्दै न्यानसी माइकलको नामबाट महिला प्रयोगकर्ताहरुलाई फ्रेन्ड रिकोएस्ट पठाई प्रेम समेत गर्ने बताएर बिभिन्न प्रकारका उपहारहरु पार्सल पठाएको भनी बताएको र बिभिन्न कागजात सहित पार्सल ट्रयाकिङ गर्ने नम्बर समेत उपलब्ध गराई पीडितलाई बिश्वासमा पारी उक्त नगद ठगी गरेको उजुरीको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा उनलाई झापाबाट पक्राउ गरेको जनाएको छ ।

अनुसन्धानको क्रममा संन्दिप प्रेन्टि क्रोस्टल (पानीटंकी सिलगुढी) चर्चका पादरी रहेको र चर्चको बिभिन्न धार्मिक कार्यक्रममा भेट भएका महिलाहरुलाई क्रिस्चियन धर्मसँग सम्बन्धित विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गरेको रकम आफ्नो खातामा झिकाउन नमिल्ने भएको भनी बिश्वासमा पारी खाता खोल्न लगाई आफूले ठगी गरेको रकम निज महिलाहरुको खातामा जम्मा गरी महिलाहरु मार्फत भुक्तानी लिने गरेको खुल्न आएको छ ।

निज प्रेन्टी क्रोस्टल (पानीटंकी सिलगुढी) चर्चका पादरी लाई आवश्यक कारवाहीको लागीको महानगरीय प्रहरी परिसर, काठमाण्डौंमा पठाईएको छ । सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर