आईपीएल : आज रोयल च्यालेन्ज बेंगलोर र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदै — OSNepal

आईपीएल : आज रोयल च्यालेन्ज बेंगलोर र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदै

LC (KTM) September 24, 2021 0

काठमाडौं, ८ असोज – इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज (शुक्रबार) रोयल च्यालेन्ज बेंगलोर र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । कोरोना महामारीबीच रोकिएको आईपीएल दुबईमा जारी छ । शुक्रबारको खेल नेपाली समयअनुसार पौने ८ बजे शारजाह क्रिकेट मैदानमा सुरु हुनेछ ।

दुबै टोलीले लिगको नवौ चरणका खेल खेल्दैछन् । ८ खेल खेलेको चेन्नई ६ जित र २ हारसँगै १२ अंकसहित दोस्रो स्थानमा छ । यता, बेंगलोर भने समान ८ खेलबाट ५ जित ३ हार सहित १० अंक बोकेर तेस्रो स्थानमा छ ।

चेन्नई खेल जित्दै शीर्षस्थानको दिल्लीसँग अंक दुरी बराबर गर्ने दाउमा हुनेछ । यता, बेंगलोर भने चेन्नईलाई पराजित गर्दै अंक दुरी बराबर गर्न चाहन्छ ।

चेन्नईलाई कप्तान महेन्द्र सिंह धोनीसँगै अम्बाती रायडु, डु प्लेसिस, इमरान ताहिर, रबिन्द्र जडेजा लगायत खेलाडीको साथ रहनेछ ।

यता, विराट कोहलीको कप्तानीमा रहेको बेंगलोर एबी डिभिलियर्स, एडाम जाम्पा, केन रिचार्डसन, युज्भेन्द्र चाहल, ग्लेन म्याक्स्वेल जस्ता खेलाडीको साथमा उत्कृष्ट नतिजा निकाल्ने दाउमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर