काठमाडौं ८ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावल लगायत केही नेताहरुले केन्द्रिय कमिटिको बैठक बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
नेता रावल लगायतका नेताहरुले १० बुँदै सहमति नभएको भन्दै बैठक बहिष्कार गर्ने चेतावनी दिएका हुन् ।
विधान महाधिवेशनमा प्रस्तुत हुने विभिन्न प्रतिवेदन तथा दस्तावेजबारे बैठकमा छलफल चलिरँदा नेताहरुले १० बुँदे सहमति अनुसार एमालेको कार्यविभाजन २ जेठ २०७५ मा जस्तो छ त्यस्तै हुनुपर्ने अडान राखेका हुन् ।
तर अध्यक्ष केपी ओलीले भने १० बुँदे सहमति जस्ताको तस्तै कार्याँवयन नहुने बताउँदै आएका छन् । आज बसेको बैठकमा तीनवटा दस्तावेजमाथि ८ वटा समूह बनाइ छलफल भएको छ ।
असोज १५ देखि १७ गते सम्म ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनको लागि एमालेमा उमेरहद, पदाधिकारीलगायत कार्यकारिणीको निर्वाचन प्रक्रियालगायतको टुंगो लगाउन ती तीन वटा दस्तावेज तयार भएको हो ।
पार्टी एकताको लागि भन्दै आएका रावल यति बेला फेरि ओलीको कार्यशैलीले चिडिएका छन् । योसँगै अब फेरि एमालेमा विवाद नहोला भन्न सुकिन्न ।