काठमाडौँ ८ असोज । भारतको राजधानी दिल्लीस्थित रोहिणी अदालत परिसरमा गोली चलेको छ ।
आज शुक्रबार साँझ अदालत भित्रै गोली चल्दा भारतका मोस्ट वाण्टेडु ग्याङस्टार जितेन्द्र गोगी सहित थप दुई जनाको ज्यान गएको छ । भारतीय सञ्चार माध्यमले दिएको जानकारी अनुसार गोली प्रहारबाट ४ जना घाइते भएका छन् ।
वकिलको भेषमा आएका दुई जनाले अन्धाधुन्ध गोली चलाउँदा यस्तो घटना भएको हो । गोगी आफ्नो पेशीका लागि अदालत पुगेका थिए । अन्धाधुन्ध गोली चेलेपछि प्रहरीको जवाफी कारवाहीमा दुई जना बन्दुकधारीको ज्यान गएको छ ।
वकिलको भेषमा आएका ति बन्दुकधारीले गोगीलाई नै निशानामा राखेर तीन गोलीमाथि प्रहार गरेको जनाइएको छ । गम्भिर अवस्थामा रहेका गोगीको उपचारको क्रममा ज्यान गएको हो ।
त्यस समय सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले २५ – ३० राउण्ड गोली प्रहार गरेका थिए । वकिल ललित कुमारले दिएको जानकारी