कोइरालाको प्रश्न: महाधिवेशनको मिति सार्ने अधिकार पदाधिकारीहरुलाई कसले दियो ? — OSNepal

कोइरालाको प्रश्न: महाधिवेशनको मिति सार्ने अधिकार पदाधिकारीहरुलाई कसले दियो ?

LC (KTM) September 24, 2021 0

काठमाडौँ ८ असोज । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसको क्रियाशील सदस्यता सार्वजनिक भएर वडा अधिवेशन सकेका हिमाली जिल्लामा पहिले र बाँकीमा पछि अधिवेशन गर्नु पर्नाको कारण के हो ?…भन्दै प्रश्न गरेका छन् ।

नेता कोइरालाले ट्वीटर मार्फत, ‘सँगैको जिल्लामा गर्ने छिमेकी जिल्लामा नगर्ने भन्ने पनि हुन्छ ?’ भन्दै अर्को प्रश्न गरेका छन् ।

महाधिवेशनबारे निर्णय गर्ने अधिकार पदाधिकारी बैठकलाई नभएको समेत दाबी गरेका उनले भनेका छन्, ‘अर्कोतर्फ पदाधिकारी बैठकमा केन्द्रीय महाधिवेशनको मिति सार्ने विषयले प्रवेश पायो भन्ने सुन्नमा आएको छ, महाधिवेशनको मिति सार्ने अधिकार पदाधिकारीहरुलाई कसले दियो ?

‘क्रियाशील सदस्यता विवाद भनिएका १३ जिल्लाको समस्या किन समाधान भएन र अधिवेशन प्रक्रिया किन सुरु हुन सकेन ? क्रियाशील सदस्यतामा अझै कति धाँधली गर्ने ? यसको जवाफ चाहियो’ कोइरालाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर