आज भक्तपुरमा थपिए ३५ संक्रमित, काठमाडौं भक्तपुरमा पनि ह्वात्तै घटे — OSNepal

आज भक्तपुरमा थपिए ३५ संक्रमित, काठमाडौं भक्तपुरमा पनि ह्वात्तै घटे

LC (KTM) September 24, 2021 0

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ५७५ जनाको पीसीआर परीक्षणमा १ हजार १०३ र ५ हजार ११५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३७३ जनामा गरी १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ५५० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै आज काठमाडौं उपत्यकामा मात्रै ३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २५६ जना, भक्तपुरमा ३५ जना र ललितपुरमा ७३ जना कोरोना संक्रमित थपिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर