कपिल शर्मा शो बिरुद्ध उजुरी दर्ता , एक एपिशोडमा मञ्चमै बसेर मदिरा पिएको आरोप — OSNepal

कपिल शर्मा शो बिरुद्ध उजुरी दर्ता , एक एपिशोडमा मञ्चमै बसेर मदिरा पिएको आरोप

LC (KTM) September 24, 2021 0

भारतमा एकदमै चलेको कमेडी शो द कपिल शर्मा शो बिरुद्ध अदालतमा उजुरी परेको छ । एक एपिसोडमा केही कलाकारहरुले मञ्चमा नै बसेर खुल्ला रुपमा मदिरा सेवन गरेको भन्दै उजुरी परेको हो । शो’विरुद्ध मध्यप्रदेशको शिवपुरी जिल्ला अदालतमा उजुरी परेको हो ।

ति उजुरीकर्ताले शो को प्रशारण गर्ने संचारमाध्यम सोनी टीभीमाथि एक एपिसोडविरुद्ध एफआईआर दर्ता गरेका छन् । ति उजुरीकर्ताले मदिरा पिउनु स्वास्थ्यका लागि हानिकारक हो भनेर बोत्तलमा लेखेको देख्दा देख्दै खुलेआम रुपमा शो मा मदिरा पिउनु कानुन बिपरीत रहेको जिकिर गरेका छन् ।

ति उजुरी गर्ने वकिलले शिवपुरीको सीजेएम कोर्टमा उजुरी दर्ता गराएका छन् । उनले भनेका छन् -सार्वजनिक रुपमा मञ्चमा कलाकारले मदिरा पिए । यो कानूनी अदालतको अपमान हो । यसकारण दोषीका विरुद्ध मैले ३५६ को धारा ३ अनुसार उजुरी दर्ताको माग गरें। ’

उनले यति मात्र भनेका छैनन् शो का बिषयमा अरु आरोप समेत लगाएका छन् । उनले यस शो लाई बकवास भन्दै महिलाहरु माथि एकदमै नराम्रो प्रतिक्रिया दिने गरेको भद्धा कमेन्ट गर्ने गरेको दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर