कक्षा १२ लाई करिश्मा मानन्धरको गुडबाई , सामूहिक तस्बिर खिचाएर साथीहरुलाई दिइन् शुभकामना — OSNepal

कक्षा १२ लाई करिश्मा मानन्धरको गुडबाई , सामूहिक तस्बिर खिचाएर साथीहरुलाई दिइन् शुभकामना

LC (KTM) September 24, 2021 0

न्युज कारखाना
काठमाडौं, ८ असोज

अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा सकेकी छन् । राष्ट्रिय परीक्षा बोर्डले ३० भदौदेखि कक्षा १२ को परीक्षा लिएको थियो । तालिकाअनुसार शुक्रबार कक्षा १२ को सबै परीक्षा सकिएको छ ।
परीक्षा सकिएपछि अभिनेत्री मानन्धरले ‘गुडबाई १२’ भन्दै सबैलाई ब्याचलर पढ्न शुभकामना गरेकी छन् ।

ललितपुरको टौखेलस्थित आफ्नै घर नजिकको किटनी माविमा करिश्माले पढ्दै आएकी थिइन् । उनले १२ कक्षाको परीक्षा पनि त्यहीँबाट दिएकी थिइन् ।परीक्षा सकिएपछि उनले शुक्रबार आफ्ना सहपाठीसँग सामूहिक तस्बिर खिचाएर सबैलाई ब्याचलर अध्ययनका लागि शुभकामना पनि दिएकी छन् ।

परीक्षा सुरु हुनुअघि धेरै डराए पनि अहिले आफूलाई धेरै खुसी लागेको करिश्माले प्रतिक्रिया दिइन् । उनले परीक्षा राम्रो भएको जानकारी दिँदै न्युज कारखानासँग भनिन्, ‘पहिले धेरै डर लागेको थियो । तर, अहिले म निकै खुसी छु ।’उनले कक्षा १२ पास भएमा किटनी माविबाटै स्नातक अध्ययन गर्ने पनि जानकारी दिइन् । भनिन्, ‘सरकारी स्कुलमै पढ्छु । अन्तको कस्तो छ थाहा छैन, तर म पढेको स्कुलमा सबै राम्रो छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर