काठमाडौँमा एक हजार ७५२ कोरोना संक्रमित थपिदा भक्तपुरमा २९५ जनामा सङ्क्रमणको पुष्टि — OSNepal

काठमाडौँमा एक हजार ७५२ कोरोना संक्रमित थपिदा भक्तपुरमा २९५ जनामा सङ्क्रमणको पुष्टि

LC (KTM) May 21, 2021 0

काठमाडौ । काठमाडौँ उपत्यकामा पछिल्लो समय दुई हजार ४४७ सङ्क्रमित थपिएका छन् । ती काठमाडौँमा एक हजार ७५२, ललितपुरमा ४००तथा भक्तपुरमा २९५ मा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको संख्य २२ हजार १९३ रहेको छ । हालसम्म कोरोनाबाट एक लाख ५० हजार १९३ निको भएका छन् भने एक हजार ३६७ सङ्क्रमितको मृत्यु भएको छ । यस्तै ललितपुरमा हाल ६ हजार ८५६ सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म २२ हजार ४३६ सङ्क्रमित निको भएका छन् भने कोरोनाबाट ३६३ सङ्क्रमितको मृत्यु भएको छ । यस्तै भक्तपुरमा चा हजार ८६४ सक्रिय सङ्क्रमित छन् । निको हुनेको संख्या १२ हजार ६७८ रहेको छ भने २७१ सङ्क्रमितले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट थप १७७ सङ्क्रमितको मृत्यु

पछिल्लो समय सङ्क्रमणबाट थप १७७ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार २४ पुगेको मन्त्रालयले जनाएको छ । बिहीबार कोरोनाबाट १९० सङ्क्रमितको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर