नारायणहिटी दरबार संग्राहलयमा प्रदर्शनमा राखिएको पुर्व राजाहरुलको श्रीपेच चोर्ने प्रयास गर्दा एक जना पक्राउ — OSNepal

नारायणहिटी दरबार संग्राहलयमा प्रदर्शनमा राखिएको पुर्व राजाहरुलको श्रीपेच चोर्ने प्रयास गर्दा एक जना पक्राउ

LC (KTM) September 24, 2021 0

काठमाडौं ८ असोज । नेपालको इतिहास बोकेको पुर्व राजाहरुलको शान श्रीपेच चोर्न खोजने एक जना पक्राउ परेका छन् ।

नारायणहिटी दरबार संग्राहलयमा प्रदर्शनमा राखिएको उक्त श्रीपेच चोर्नेलाई एक युवकले उक्त कोठामा रहेको खुकुरी निकालेर सिसा फुृटाउ प्रयास गरेको ब्ुझिएको छ ।

संङग्रायल अवलोकन गर्न आएका रुकुम घर भएका एक युवकले कोठाभित्र सोकेसमा राखिएको खुकुरी झिकेर श्रीपेच निकाल्न प्रयास गरेको नारायणहिटी दरबार संग्राहलाय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जनाएका छन् ।

उनले श्रीपेच बुलेट प्रुफ सिसाभित्र राखिएकोले श्रीपेच संरक्षणमा राखिएका सबै सिसा सुरक्षित भएको समेत उनले जनाएका छन् ।

श्रीपेच देखेपछि त्यो लगाएर राजा हुन मन लागेको हुनसक्ने बताएका उनले ती युवकको मानसिक अवस्था त्यति ठीक नभएको होकी भन्ने अनुमान समेत गरिएको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर