प्रेमि रणबिरका कारण दुश्मनी मोलेका आलिया र कैटरिना अब एउटै चलचित्रमा देखिदै — OSNepal

प्रेमि रणबिरका कारण दुश्मनी मोलेका आलिया र कैटरिना अब एउटै चलचित्रमा देखिदै

LC (KTM) September 24, 2021 0

बलिउडका चलेका टप ३ हिरोइनहरु अब एकै ठाउँमा देखिने भएका छन् । अब बलिउडमा चलेका हिरोइनहरु प्रियंका चोपडा, आलिया भट्ट र कट्रिना कैफ एउटै फिल्ममा देखिने भएका हुन् ।

बलिउड अभिनेता, निर्माता, निर्देशक फरहान अख्तरले यी तीनै जना लाई एकै ठाउँमा ल्याउन लागेका हुन् । उनले तीन महिला पात्रलाई लिएर बनाउन लागिएको चलचित्रको नाम ‘जी ले जरा’ रहेको बताएका छन् ।

यो चलचित्रमा अभिनेत्रीत्रय घरबाट बाहिर घुम्न निस्किएका साथीहरुका रुपमा देखिने बताइएको छ । यो चलचित्र तीन महिलाको सडक यात्रा र मित्रतामा आधारित कथा रहेको छ ।

मगंलबार चलचित्र टोलिले सामाजिक सञ्जालमा ‘जी ले जरा’को पोस्टर सार्वजनिक गरेर चलचित्रबारे जानकारी दिएका हुन्। यस फिल्म जी ले जरा’को कथा जोया अख्तरले लेखेकी छन् । चलचित्र सन् २०२३ मा प्रदर्शनमा आउने जनाइएको छ। यो निक्कै रमाईलो कथामा आधारीत रहने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर