गुल्मीमा स्थानीयद्वारा एम्बुलेन्स चालक कुटिए, अवस्था गम्भीर — OSNepal

गुल्मीमा स्थानीयद्वारा एम्बुलेन्स चालक कुटिए, अवस्था गम्भीर

LC (KTM) September 24, 2021 0

गुल्मी, ८ असोज- गुल्मीको दोहली स्वास्थ्यचौकीका एम्बुलेन्स चालकमाथि स्थानीय युवाले कुटपिट गरेका छन् । इस्मा गाउँपालिका ४ दोहलीका ३८ वर्षीय दानबहादुर पाण्डेयलाई स्थानीय लिलबहादुर अछामीले गम्भीर घाइते हुने गरी कुटपिट गरेका हुन् ।

कुटपिटबाट पाण्डेयकोआँखामा निल डाम छ भने आँखामाथिको हड्डी फुटेको छ । दाँत झरेको, खुट्टा र शरीर सुन्निएको पीडितले बताए । राति नाक र मुखबाट रगत बगेको अवस्था फेला पाारेपछि तत्काल गुल्मी अस्ताल रेफर गरिएको इस्मा कोभिड १९ अस्पतालका प्रमुख डाक्टर निश्चल शर्माले बताए ।

बिरामी घरमा लैजान स्वास्थ्यचौकी आउँदा बाटोमै कार्यालय नजिकै आफुलाई कुटपिट भएको पीडत पाण्डेयले बताए। । पीडितसँगै संयुक्त एम्बुलेन्स चालक संघले जिल्ला प्रहरी कार्यालयमा घटनाका दोषीहरूलाई कारबाहीको माग गरेर उजुरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीमा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले घटनामा संलग्नको खोजीकार्य जारी भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर