भट्टराईका सुझाव : लोकतन्त्रको हुर्मत लिँदा इतिहासको कठघरामा हामी सबै नाँगै उभिनेछौं — OSNepal

भट्टराईका सुझाव : लोकतन्त्रको हुर्मत लिँदा इतिहासको कठघरामा हामी सबै नाँगै उभिनेछौं

LC (KTM) September 24, 2021 0

काठमाडौं ७ असोज । जनता समाजवादी पार्टी जसपाका नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले निर्वाचित प्रतिनिधिसभा लोकतन्त्रको उच्चतम अभ्यास गर्ने थलो हुनुपर्नेमा दलीय/गुटीय/निजी अहम् र कुण्ठा पोख्ने थलो भएकोमा दुस्ख व्यक्त गरेका छन् ।

लगातार संसद अवरुद्ध भएपनि नेता भट्टराईले ट्वीटर मार्फत यस्तो प्रतिक्रिया जनाएका हुन् । हिजोका क्रान्ति र आन्दोलनका सहयात्रीहरूबाटै यसको हुर्मत लिइनु विडम्वनापूर्ण भएको बताएका छन् ।

उनले भनेका छन् , निर्वाचित प्रतिनिधिसभा लोकतन्त्रको उच्चतम अभ्यास गर्ने थलो हुनुपर्नेमा दलीय/गुटीय/निजी अहम् र कुण्ठा पोख्ने थलो हुनु दुस्खद छ।झन् हिजोका क्रान्ति र आन्दोलनका सहयात्रीहरूबाटै यसको हुर्मत लिइनु विडम्वनापूर्ण छ।नभुलौं-ळोकतन्त्रको हुर्मत लिंदा इतिहासको कठघरामा हामी सबै नांगै उभिनेछौं !”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर