राष्ट्रियसभा बैठक बस्दै, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक टेबुल हुने — OSNepal

राष्ट्रियसभा बैठक बस्दै, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक टेबुल हुने

LC (KTM) September 24, 2021 0

काठमाडौं, ८ असोज – राष्ट्रियसभा बैठक शुक्रबार बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रतिनिधिसभाको सन्देशसहित टेबुल हुनेछन् ।

यी विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा पुगेका हुन् । अब राष्ट्रिय सभाबाट पारित भएर पुनः प्रतिनिधिसभा आएपछि सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाउनेछन् ।

राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यी दुई विधेयक कार्यान्वयनमा आउनेछन् । राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण नभएसम्म सरकारले ऋण उठाउन सक्नेछैन ।

विनियाेजन विधेयक बिहीबार प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरिसकेकी छन् ।

शुक्रबारको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति मेघी गुरुङले ‘अध्यागमन विधेयक २०७६’ सम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

शुक्रबारको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाले चार वटा विधेयक समितिमा पठाउने प्रयाेजनका लागि पेस गर्नेछन् । खाद्य स्वच्छता गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रशारण विधेयक, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक र सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । ती विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा जानेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर