अधिवेशनकाे मुखमा माओवादी केन्द्र संगठन बिस्तारमा जुट्याे, नेताहरू गाउँघर केन्द्रित — OSNepal

अधिवेशनकाे मुखमा माओवादी केन्द्र संगठन बिस्तारमा जुट्याे, नेताहरू गाउँघर केन्द्रित

LC (KTM) September 24, 2021 0

बैतडी, ८ असोज-नेकपा माओवादी केन्द्र बैतडीले संगठन बिस्तार तथा सदस्यता नविकरण कार्यलाई तीव्रता दिएको छ । हाल जिल्ला भरी ४ हजार ५ सय संगठित सदस्य रहेको माओवादी केन्द्रमा १० हजार सदस्य पुर्‍याउने उद्देश्यसहित अभियान सञ्चालन गरेको पार्टिका जिल्ला सचिवालय सदस्य कमलसिंह बोहराले बताए ।

उनले भने, ‘पार्टीका सबै संगठनहरू विस्तार गरी ब्यवस्थित बनाउने क्रममा छौँ। सबै सदस्यहरूको नामावली अनलाईन प्रणालीमा राख्छौँ। पुराना नवीकरण र नयाँ सदस्यता थप गर्ने क्रममा छौँ ।’ अहिले पार्टीका नेता कार्यकताहरू संगठित सदस्यकाे फारम बोक्दै गाउँघरमा घुमिरहेको बाेहराले जानकारी दिए ।

सदस्यता नवीकरणका साथै नयाँ सदस्य थप गर्ने र वडास्तरका कमिटीहरूलाई सक्रिय गराउने काम भइरहेकाे पार्टीका प्रदेश कमिटी सदस्य शंकर भण्डारीले बताए । अहिले माओवादी केन्द्र सम्वद्ध युवा, विद्यार्थी, महिला, किसानलगायतका सवै जनवर्गिय संगठनहरूलाई सक्रिय गराउने कार्य चलिरहेकाे भण्डारीले जानकारी दिए ।

भर्खरै अखिल क्रान्तिकारीको जिल्ला अधिवेशन सम्पन्न गरिएकोमा अहिले अखिल नेपाल महिला संघ(क्रान्तिकारी) र वाइसियलका वडा कमिटीहरूको भेला सम्पन्न गरिरहेको पार्टिका जिल्ला सयोजक एंव प्रदेश सांसद जिल्ला प्रेमप्रकाश भट्टले बताए ।माओवादी केन्द्रको जिल्ला अधिवेशन आगामी कार्तिकमा सम्पन्न गर्ने मिति तय भएपछि पार्टीका नेताहरू गाउँघर घुम्न थालेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर