प्रहरीले नियन्त्रणमा लिएका खसी भन्सार र राजश्वले बुझ्न मानेन — OSNepal

प्रहरीले नियन्त्रणमा लिएका खसी भन्सार र राजश्वले बुझ्न मानेन

LC (KTM) September 24, 2021 0

काठमाडौं, ८ असोज-अवैधरूपमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको आशंकामा पर्सा प्रहरीले नियन्त्रणमा लिएका खसीहरू भन्सार कार्यालयले बुझ्न नमानेपछि सम्बन्धित व्यक्तिलाई फिर्ता पठाइएको छ ।

बुधबार राति १० बजेको समयमा वीरगञ्ज महानगरपालिका–१४ गण्डकचोकमा बा.१४ च १९९० नम्बरको बोलेरो पिकअपमा लोड गरी काठमाण्डौंतर्फ ल्याउँदै गरेको ५९ वटा खसी प्रहरीले नियन्त्रणमा लिएको हो ।

कागजातहरू जाँच गर्दा चौपायाको भेटेरिनरी प्रमाणपत्र बारा जिल्लाबाट लिएको, फर्मको नाममा बिलबिजक हुनुपर्नेमा व्यक्तिको नाउँमा बिल रहेको र खरीद बिल पनि ४ असोजको रहेकोले नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।

चालक सिन्धुली फिक्कल नगरपालिका–१ का २२ वर्षीय पूर्णबहादुर सुनुवारलाई खसी र बोलेरोसहित आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय तथा राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाउँदा दुवै कार्यालयले बुझ्न नमानेपछि सम्बन्धित धनीलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर